८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

छुट्ला है ! १९० रुपैयाँमा मुक्तिनाथ विकास बैंकको १ लाख १९ हजार कित्ता सेयर किन्ने आज अन्तिम दिन

१ साउन, काठमाडाैं । मुक्तिनाथ विकास बैंकले बिक्रीमा ल्याएकाे संस्थापक सेयर लिलामी भर्ने आज साउन १ गते अन्तिम दिन रहेकाे छ । बैंकले बिक्रीमा ल्याएकाे १ लाख १९ हजार ५५ कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म मात्र  आवेदन दिन सकिनेछ ।

उक्त लिलामी सेयरमा संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । उक्त सेयरकाे न्यूनतम मूल्य १९० रुपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट्स, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १३:२६