१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नुवाकोटको ऐसेलु भूमेसहित देशभरका २२ सामुदायिक विद्यालय सम्मानित (सूचीसहित)

१ साउन, काठमाडाैँ ।  नुवाकोटको ऐसेलु भूमेसहित देशभरका २२ सामुदायिक विद्यालय ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८०’ बाट सम्मानित भएका छन । सीमित स्रोतसाधनका वाबजुत आफूलाई अब्बल साबित गरेका देशभरका २२ वटा सामुदायिक विद्यालयलाई ‘केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ बाट सम्मानित गरेको प्रबन्ध निर्देशक विदुर खतिवडाले जानकारी दिए । ऐसेलु भूमेको अवार्ड ३४ वर्षदेखि सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा अनवरत रहेका नन्दराम न्याैपानेले ग्रहण गरेका थिए ।

केन्द्रबिन्दुले देशका २९ संस्थागत विद्यालय र  शैक्षिक क्षेत्रमा योगदान गरेका २० जनालाई पनि सम्मानित गरेको छ । काठमाडौंको नक्साल स्थित होटल मेरिएटमा सम्पन्न कार्यक्रममा केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले सम्मानित व्यक्ती र संस्थालाई सम्मान पत्र प्रदान गरेका गरेका थिए ।

सामुदायिक विद्यालयमा सम्मानित हुनेहरू

१  सेन्ट जेभियर्स कलेज माइतीघर जावलाखेल
२. ख्वप मावि भक्तपुर
३.  अमरसिंह मावि पोखरा
४.  नेपाल पुलिस स्कुल, साँगा काभ्रेपलान्चोक
५.  सैनिक महाविद्यालय, भक्तपुर
६. एसओएस हर्मेन जिमेनियर स्कुल, भक्तपुर÷काभ्रे÷चितवन
७. कालिका मानवज्ञान मावि, बुटवल
८. विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौं
९. वज्रवाराही माध्यमिक विद्यालय, चापागाउँ, भक्तपुर
१०. जन ज्योति माध्यमिक विद्यालय, सुर्खेत
१४. पद्मोदय पब्लिक नमुना मावि, दाङ
११. पब्लिक हाइ स्कुल, धरान
१२.  देवी माध्यमिक विद्यालय, बिर्तामोड
१३. पोखरिया मावि, विराटनगर
१५. ज्ञानोदय माध्यमिक विद्यालय, बाफल काठमाडौं
१६. वागिश्वरी मावि भक्तपुर
१७. वालमन्दिर माध्यमिक विद्यालय, कास्की
१८. सरस्वती माध्यमिक विद्यालय, सिन्धुली
१९. ओम माध्यमिक विद्यालय सन्तपुर, रौतहट
२०. मस्टो सरस्वती माध्यमिक विद्यालय, कालिकोट
२१. वरुणेश्वर माध्यमिक विद्यालय ओखलढुंगा
२२. ऐसेलु भूमे माध्यमिक विद्यालय, नुवाकोट

त्यस्तै, निजीतर्फ व्यक्तिगत तथा सामूहिक लगानीमा खोलिएका र शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल विद्यालय पनि सम्मानित भएका छन् । सम्मानित हुने निजी क्षेत्रका शैक्षिक संस्थाहरू निम्न रहेका छन् ।

१. प्रसादी एकेडेमी, ललितपुर
२. केएमसी, बागबजार
३. ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार
४. काठमाडौं बर्नहार्ट, बल्खु
५. पिनाकल एकेडेमी ललितपुर
६. एनसिसिएस पकनाजोल
७. काठमाडौं वर्ल्ड स्कुल, गुन्डु
८. सेन्ट लरेन्स कलेज
९. सिसिआरसी, कोटेश्वर
१०. अरनिको स्कुल , विराटनगर
११. नेपाल किस्ट कलेज, कमलपोखरी
१२. भिएस निकेतन, तीनकुने
१३. निस्ट कलेज, लैनचौर
१४. आइएसटी, ज्ञानेश्वर
१५. मेरिल्यान्ड कलेज, विराटनगर
१६. युनाइटेड एकेडेमी ललितपुर
१७. लिटल एन्जल्स हात्तिवन
१८. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, वानेश्वर
१९. जेभियर एकेडेमी लाजिम्पाट
२०. आइएसटी ज्ञानेश्वर
२१. जेभियर इन्टरनेसनल, कालोपुल
२२. केएमसी बालकुमारी
२३. रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिल
२४. नोबल एकेडेमी, नयाँ वानेश्वर
२५. शिक्षादिप कलेज, विराटनगर
२६. समृद्धि स्कुल, बनस्थली
२७. ब्रिजवाटर इन्टरनेसनल सिनामंगल
२८. नेपाल काष्ठमाण्डप कलेज कलंकी
२९. द टाइम्स इन्टरनेसनल, डिल्लीबजार

त्यस्तै केन्द्रबिन्दुले करिब ३ दशकदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका २० जना व्यक्तित्वलाई समेत ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ ले सम्मान गरेको निर्देशक खतिवडाले बताए । शिक्षामा जीवन समर्पण गरेका, शिक्षा क्षेत्रका पथ प्रदर्शकलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे ।

१. डा. विद्यानाथ कोइराला
२. युवराज शर्मा
३. नारायणप्रसाद कोइराला
४. प्रा. डा उपेन्द्रकुमार कोइराला
५. प्रा. डा. तीर्थराज खनिया
६. दुर्गा प्रसाद अर्याल
७. उमेश श्रेष्ठ
८. रमेश सिलवाल
९. महाश्रम शर्मा
१०. प्रा.डा. चन्द्रमणी पौडेल
११. प्रकृति अधिकारी
१२. विक्रम राई
१३. गीता राना
१४. ऋषि तिवारी
१५. इन्दिरा याक्थुम्बा
१६. राम बहादुर खड्का
१७. रामेश्वर अर्याल
१८. माधवप्रसाद बराल
१९. कमलप्रसाद लाल कर्ण
२०. रिता तिवारी

सभामुख घिमिरेको प्रमुख अतिथियतामा भएको कार्यक्रममा नेपाल सरकारको मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासंका अध्यक्ष चन्द्र ढकाल, नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ११:५४