कृषि विकास बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति छ ?
१ साउन, काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज साउन १ गते सोमबारदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।
बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर अनुसार साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले ६ महिना देखि ५ वर्षे अवधिको मुद्दती निक्षेपमा ७.५१ प्रतिशत र विडिङ मार्फत उठाएको संस्थागत मुद्दती निक्षेपमा ८.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ९.५१ प्रतिशत र रेमिट्यान्स मुद्दतीमा १०.५१ प्रतिशत ब्याजदर तोकेको छ।
प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ११:२२