नेकपा खारेजीको मागसहितको निवेदन निर्वाचन अायोगद्धारा खारेज, नेकपाको नाम विवाद टुंगियो
९ कात्तिक, काठमाडाैँ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ । योसँगै नाम विवाद टुंगिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोधमा अायोजमा उजुरी गरेको थियो ।
कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी गरेका थिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १७:०२