नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याज ?
३१ असार, काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भाेलि साउन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साउन महिनामा निक्षेपको ब्याजदर बढाएको छ । बैंकले निक्षेपमा ५.९० प्रतिशतदेखि ८.९० प्रतिशतसम्म ब्याजदर तोकेको छ । नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्युनतम ५.९० प्रतिशत र अधिकतममा ७.९० प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ ।
त्यस्तै, बैंकले संस्थागत निक्षेपमा ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म ब्याजदर ताेकेकाे छ । साथै, बैंकले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर र रेमिट्यान्स खातामा भने ८.९४० प्रतिशत ब्याजदर तोकेको छ ।
असार महिनामा भने बैंकले साधारण बचत खातामा न्युनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत, संस्थागत निक्षेप तर्फ ७.९९ प्रतिशत, व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।
प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १०:३१