२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणमा जाने

३० असार, काठमाडौँ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणमा भाग लिन मंगलबार विदेश जाने भएका छन । अध्यक्ष ओलीले शनिबार बसेको सचिवालय बैठकमा आफ्नो विदेश भ्रमणको बारेमा जानकारी दिएको पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकपछि जानकारी दिए ।

ओलीले कम्बोडिया प्रभणममा राजनीतिक भेटवार्ताको साथै त्यहाँको निर्वाचनको पर्यवेक्षण पनि गर्ने ज्ञवालीले जानकारी दिए । ओलीले मंगलबार विदेश भ्रमणमा जाने भएपछि शनिबारका लागि आकस्मिक रूपमा सचिवालय बैठक बोलाएका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार २०:४१