लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरु, चुक्तापूँजी २० अर्ब नाघ्याे
२९ असार, काठमाडाैं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएर आज असार २९ गते शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो।
दुवै बैंकलाई एकीकृत कारोबार सुरू गर्न नेपाल राष्ट्र बैंकले असार २२ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिएकाे थियाे । यी दुवै बैंक १:१ काे सेयर स्वाप रेसियाेमा मर्ज भएका हुन् ।
हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ११:४९












