१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

२८ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनीले असार ३१ गते देखि एकीकृत कारोबार गर्ने भएसँगै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेकाे हाे । यी यी दुई लघुवित्तले विजय लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्दै छन् ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम यी कम्पनीकाेको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १५:४६