१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

विद्यार्थीलाई सफल बनाउन उनीहरूको रोजाइको विषय पढ्न दिनुपर्छः गोपीकृष्ण न्याैपाने

२७ असार, काठमाडाैँ । उदयपुर सिमेन्टका पूर्व महाप्रबन्धक गोपीकृष्ण न्याैपानेले विद्यार्थीलाई सफल बनाउन उनीहरूको रोजाइको विषय पढ्न दिनुपर्ने बताएका छन ।  लामो समयदेखि शिक्षा क्षेत्रमा समेत क्रियाशिल रहेका न्याैपानेले भर्खरै एसईई सकेर बसेका विद्यार्थीका लागि टिप्स दिँदै विद्यार्थीले रोजाइ अुनसारको पढ्न पाए सफलता प्राप्त गर्ने बताएका छन ।

उनको अनुरोधात्मक टिप्स यस्तो छ
– SEE को Result मा उच्च ग्रेडिङ्ग प्राप्त गरी पास गर्नु राम्रो कुरा हो, तर एकपटकको ग्रेडिङ्गले मात्रै विद्यार्थीको मुल्यांकन नहुन सक्छ । अर्थात विद्यार्थीले मेहनत गर्यो भने कम ग्रेडमा पास भएको विद्यार्थी पनि भोलि गएर अव्वल स्थान लिन सक्छ ।

– त्यसैगरी उच्च ग्रेड ल्याउने विद्यार्थीलाई उनीहरुको इच्छा अनुसारको बिषय पठनपाठन गराउन सक्यौं भने मात्रै त्यसले सफलता प्राप्त गर्नेछ । जबर्जस्ती साइन्स पढाउदा पछि गएर धोका हुनसक्छ ।

– +२ रोज्दा नाम चलेका, ठूला ठूला बिल्डिङ्ग र भौतिक संरचना हेरेर बच्चाहरु मोहित हुने गर्दछन, जसको कारण अभिभावकलाई भर्ना गर्न तनाव हुन्छ । एउटै क्लासमा ५०/६० जना कोचेर माइकबाट पढाउने कलेज पनि छन् । महंगो त कुरै छोडौं ।

– हामीले कक्षा कोठा, लाइब्रेरी, कम्प्युटर क्लास, कक्षा कोठामा राखिने विद्यार्थी संख्या, पढाउने शिक्षक, पाठ्यक्रम बाहिर गरिने क्रियाकलाप जस्ता कुराहरुलाई ज्यादा महत्त्व दिनुपर्ने हुन्छ । आफ्नो बच्चा लाई सम्झायो भने सम्झिनेछन । हौसेर महंगा स्कुल रोज्ने वा आफ्नो साथी ले भर्ना गर्यो भनेर अभिभावकलाई प्रेसर दिने काम असल विद्यार्थीले गर्दैनन् ।

– गत बर्ष देखि गौरीशंकर स्कुल/कलेज शिक्षाबिद्व जनार्दन नेपालज्यूको अगुवाइमा हिलसाइड कलेज अफ इन्जिनियरिङ्गले संचालन गरिरहदा +२ मा हामीले विशेष ध्यान दिएर जग बलियो बनाउन प्रयास गरिरहेका छौं ।

– ढुक्क भएर गौरीशंकरमा भर्ना गर्नसक्नुहुनेछ, पारिवारिक वातावरणमा हामी तपाईंको बच्चालाई सच्चा नागरिक बनाउदैछौं । सिट सिमित छ, यसपटकको लागी, भर्ना गरिहाल्न अनुरोध । हामी र हाम्रो उच्च व्यवस्थापन । (संक्षिप्त परिचय सहित)

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १२:२८