७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

लायन्सको अन्तर्राष्ट्रिय निर्देशकमा बालकृष्ण बुर्लाकोटी निर्वाचित

२७ असार, काठमाडाैँ । लायन्स क्लबको इन्टरनेशनल इाइरेक्टरमा लागि बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन । अमेरिकाको बोस्टनमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित भएका हुन । विश्वका २ सय भन्दा बढी देशमा लायन्स सक्रिय छ ।

बुर्लाकोटी लायन्सको विश्वभरका १८ जना इन्टरनेशनल डाइरेक्टरमध्येको एक हुन । इन्टरननेशनल डाइरेक्टरको रुपमा बुर्लाकोटीले २०२५ सम्म कार्य गर्नेछन । बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन समेत हुन । लायन्स अन्तर्राष्ट्रियमा बुर्लाकोटीले आफ्नो गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए ।

बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर विश्व रेकर्ड बनाउने बताएका थिए । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन सफल भएका थिए ।

नेपाली लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यहरुको मन र विश्वासका कारण आफू इन्टरनेशनल डाइरेक्टरमा विजयी भएको बुर्लाकोटीले बताएका छन । इन्टरनेशनल डाइरेक्टरमा विजयी भएपछि बुर्लाकोटीले भने, “नेपाल लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउनेछु ।”

लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उनले जनाएका छन । साथै लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने बुर्लाकोटीले बताएका छन ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ११:०९