७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएकाे आशङ्का

२६ असार, काडमाडाैं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ ।

बिहान १० बजे लुक्लाबाट काठमाडाैंकाे लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

९एनए-एमभी कलसाइन भएको हेलिकप्टर सवा १० बजेबाट सम्पर्कविहीन भएको थियाे । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार ११:५०