असार २९ बाट एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी सनराइज बैंक
२६ असार, काठमाडाैं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिइसकेको छ । मर्जर पश्चात् अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । यी दुवै बैंक १:१ काे सेयर स्वाप रेसियाेमा मर्ज भएका हुन् ।
यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । हाल लक्ष्मी बैंक लिमिटेडको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंक लिमिटेडको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेकाे छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १०:३५












