१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

२५ असार, काठमाडाैं । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकले गत असार २२ गते पत्राचार गर्दै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

यसअघि गत पुस ७ गते यी दुवै लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत असार ६ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

दुवै लघुवित्तको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो। नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन्।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १५:५४