२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी नियुक्त

२५ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्यसचिवमा नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारी नियुक्त भएका छन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदार बहादुर अधिकारी (चितवन)लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अधिकारी केही समय अघिमात्र राप्रपामा प्रवेश गरेका थिए । कर्मचारी प्रशासनमा हुँदा एमाले निकट भनेर चिनिएका अधिकारी राप्रपाको प्रत्यक्ष राजनीतिमा होमिएका छन ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १४:५२