७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सर्याे

२५ असार, काठमाडाैं । आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ११:३९