नेप्सेमा दोहोरो अंकको वृद्धि, तीन अर्ब ४ करोडकाे काराेबार
२४ असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । आज नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब ७६ विन्दुमा पुगेको छ । आज तीन अर्ब ४ करोड २५ लाख बराबरको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३३१ दशमलव ७० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ता ७४१ दशमलव ५० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार सर्वाधिक भएकाे छ ।
प्रकाशित मिति : २४ असार २०८०, आईतवार १५:२३












