१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

सेना, प्रहरी र खेलाडीलाई लक्षित गरी फाइभ प्वाइन्ट इलेभेनका ब्राण्ड सामान दरबारमार्गमा

८ कात्तिक, काठमाडाैँ । काठमाण्डुको दरबारमार्गमा स्थापित अमेरिकी ब्राण्ड फाइभ प्वाइन्ट इलेभेनको कपडाको शो रुम खुलेको छ । शेर्पा मलको ग्राउण्ड फ्लोरमा बिहीबार खुलेको शो रुममा अमेरिकीहरुबीच लोकप्रिय पाइन्ट, ज्याकेट, जुत्ता र झोला छन् ।

खास गरी सेना, प्रहरी र खेलाडीलाई लक्षित गरी फाइभ प्वाइन्ट इलेभेनका ब्राण्ड सामान पसलमा उपलब्ध हुने सञ्चालक सञ्जिव तुलाधरले जानकारी दिए । तुलाधरको कम्पनी रिबुक र एडिडास कम्पनीको नेपालका लागि आधिकारिक पनि हो ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार २२:२८