२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्रीकाे अनुराेधपछि २ घण्टा पछि सर्याे प्रतिनिधिसभा बैठक

२४ असार, काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक सरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे अनुरोधमा  सभामुख देवराज घिमिरेले १ बजेका लागि तय गरेको बैठक २ घण्टा पछि सारेका हुन् । प्रधानमन्त्री प्रचण्डले सभामुख घिमीरेलाई टेलिफोन सम्वादमार्फत् तीन दलका शीर्ष नेताबीच सदनकाे अवराेध हटाउनेबारे छलफल भइरहेकाले संसद बैठक २ घण्टा पछि सारिदिन अनुराेध गरेका थिए ।

जवाफमा सभामुख घिमीरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना समेत दिएका थिए । अब आजकाे प्रतिनिधिसभा बैठक दिउँसाे ३ बजे बस्नेछ ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागसहित एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ । साे अवराेध हटाउन अहिले तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १२:५७