१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रभु महालक्ष्मीको सीइओमा भट्टराई नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृत

२४ असार, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेश कुमार भट्टराईको नियुक्ति भएका छन् ।

प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको बार्षिक साधारण सभाले अनुमोद गरेपछि बीमा प्राधिकरणले उक्त कम्पनीको सीइओमा भट्टराईलाई स्वीकृति दिएको हो । भट्टराईलाई मर्जरपछिको आगामी ४ वर्षको लागि कम्पनीको सीइओमा नियुक्त गरिएको हो ।

दुबै कम्पनी बिचमा २०७९ असार ३० गते प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । कम्पनीले यहीँ २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखिको सीइओको रुपमा रहँदै आएका थिए । भट्टराई विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १२:४३