१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

जापान विद्यार्थी पठाउनेहरूको छुट्टै संस्था स्थापना, अध्यक्षमा किशोर तिवारी

२४ असार, काठमाडाैँ । जापानका विभिन्न कलेज र विश्वविद्यालयमा नेपालबाट विद्यार्थी पठाउनका लागि शैक्षिक परमार्श दिइरहेका संस्थाहरूले सक्रिय शैक्षिक परामर्श संघ,नेपाल स्थापना गरेका छन । जापान गन्तव्य बनाएर शैक्षिक परामर्श व्यवसाय सञ्चालन गरीरहेका परामर्श दाताहरूको साझा सवाल, हकहित र आगामी दिनमा आईपर्ने चुनौतीहरूलाई एकजुट भई सामना गर्नका लागि संस्था स्थापना गरिएको प्रवक्ता तीर्थ भण्डारीले दैनिकीलाई जानकारी दिए ।

संस्थाको अध्यक्षमा किशोर तिवारी, उपाध्यक्षमा केशवराज अर्याल, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा अनिल भण्डारी र प्रवक्ता तिर्थ भण्डारी तोकिएका छन ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार ११:३१