१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

२४ असार, काठमाडाैं । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले असार २२ गते, शुक्रबार आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रहेकाे आशा लघुवित्तले  देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको संस्था हो। यस्तै  काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा केन्द्रीय कार्यालय रहेकाे राष्ट्र उत्थान लघुवित्तले ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार ११:२७