निर्मला हत्या प्रकरणः एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त (गृहको विज्ञप्तिसहित)
८ कात्तिक, काठमाडाैँ । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह सचिव प्रेमकुमार रार्इले सचिवस्तरीय निर्णय गर्दै विष्ट र भट्टलार्इ बर्खास्त गरेका हुन । बर्खास्त गर्नुअघि उनीहरूसँग स्पष्टिकरण सोधिएको थियो ।
कञ्चनपुर भीमदत्तनगरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सोधेको स्पष्टिकरणको चित्त बुझ्दो जवाफ नदिएपछि बर्खास्त गरिएको हो ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति
प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १९:५८