१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

निर्वाचन आयोगद्धारा राष्ट्रपतिलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण

३० फागुन, काठमाण्डौं । काठमाण्डौंमा मंगलबार भएको निर्वाचनमा दोस्रो कार्यकालका लागी निर्वाचित भएकि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरेकाहुन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीमा बधाई ज्ञापन गर्दै डा यादवले सफल कार्यकालका लागि शुभकामना दिइका थिए । हिजोको निर्वाचनमा राष्ट्रपति भण्डारीले बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरी विजयी भएकि थिइन् । प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १०:२१