घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला, अब कहिलेसम्म दिन पाइन्छ आवेदन ?
२२ असार, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ आजदेखि पुनः बिक्री खुला भएकाे छ । कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओ गत असार ४ गतेदेखि स्थगित थियो । तर, धितोपत्र बोर्डले असार २० गते अनुमति दिएसँगै कम्पनीले आजदेखि पुनः निष्काशन खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँड गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।
सेबोनले दिएको निर्देशन अनुसार यस अघि आईपीओ भरेर आवेदन दिइसकेका आवेदकहरुले असार २२ गतेदेखि २४ गतेसम्मको अवधिमा आवेदनमा दिएको सेयर संख्या थप /घट गर्न वा आवेदन फिर्ता वा बदर गर्न चाहेमा आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने सूचनामा उल्लेख छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । अब कम्पनीको आईपीओ असार २४ गते, आइतबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा खण्डमा असार ३१ गतेसम्म निष्काशन अवधि लम्बिने कम्पनीले जानकारी दिएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:39









