झिनाे अंकले घट्याे नेप्से, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट
२१ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०६ अकंले घटेर २०४९.३८ बिन्दुमा बन्द भएको छ । बिहिबा २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ७ करोड ७४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा घट्दा सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । आज शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । आज सबैभन्दा बढी मोदी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १५:१०












