दशैँको टीकाको दिन राहुल भगतको हत्या गर्ने ६ जना पक्राउ, हत्यामा पाँच बालकको संलग्नता
८ कात्तिक, मोरङ । मोरङको विराटनगरमा सामान्य विवादमा एक युवाको हत्या भएको प्रहरीले जनाएको छ । विराटनगर-१४ का १९ वर्षीय राहुल भगतको सामान्य विवादमा हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत कात्तिक २ गते दशैंको टीकाको दिन ८ जनाको समूहले विराटनगर-९ हनुमान मन्दिर अगाडि लागेको मेला हेर्न गएका भगतमाथि छुरा प्रहार गरी हत्या गरेको प्रहरी अनुस्न्धानबाट खुलेको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएकाहरु मध्ये १८ वर्षीय कुहिरा भन्ने विशाल सहनीलाई सार्बजनिक गरेको छ । अन्य पाँच जना १८ वर्ष भन्दा कम उमेरका भएकोले सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । दुईजना भने फरार छन् ।
प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १७:४३












