६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

२० असार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ ।

बैठकको सुरुमै विपक्षी सांसद्हरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद् रघुजी पन्तलाई समय दिएका थिए । सांसद पन्तले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विषयमा सदनको ध्यानकर्षण गराए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसम्बन्धी विषय स्पष्ट नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए ।

त्यसपछि सभामुख घिमिरेले बैठक अघि बढाउन सत्तापक्षका सांसदलाई समय दिएपछि विपक्षी सांसद् उठेर ‘वेल’ घेराउ गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको छ । सो विषयमा राष्ट्रियसभाको आजको पहिलो बैठक पनि स्थगन भएको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १६:५०