६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

समाज जागरुक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्णः सभामुख घिमिरे

२० असार, काठमाडाैं । सभामुख देवराज घिमिरेले नेपाली पत्रकारिताले समाजलाई जागरुक र रुपान्तरण गर्दै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

‘संसदीय मामिला पत्रकार समाज’का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सवल बनाउन लाग्नुपर्ने धारणा राखे । “संसदलाई राष्ट्रहितमा लैजान सञ्चारक्षेत्रको भूमिका छ, सञ्चारमाध्यमबाट यसमा गति र प्रभाव दिने काम भएको छ”, उनले भने ।

‘संसदीय मामिला पत्रकार समाज’को जिम्मेवारी पत्रकारिता भए पनि संसद्को परिवार पनि भएको भन्दै उनले प्रतिस्पर्धाका आधारमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गरे ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १६:३०