१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा ३९.२६ अंकको गिरावट, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

२० असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.२६ अकंले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ । आज २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब सात करोड ३९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा भारी गिरावट आएतापनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सिटी होटल र रावा इनर्जिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी बिपीडब्लु लघुवित्त वित्तीय संस्था र मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १५:२४