२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२० असार, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले विभिन्न संस्थापक समूहको ४० हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

उक्त  सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बालुवाटारस्थित बैंकको केन्द्रिय कार्यालय काठमाडाैंमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : 09:20