६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

काठमाडौंका सीडीओ घनश्याम उपाध्याय सचिवमा बढुवा

१९ असार, काठमाडाैं । मन्त्रिपरिषद् बैठकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सरकारको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने निर्णय समेत गरेको छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माले मन्त्रिपरिषद्ले गरेको अन्य निर्णयहरूको सन्दर्भमा बुधवार सञ्चार मन्त्रालयमा सार्वजनिक गर्ने बताइन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १८:५८