२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

वडाध्यक्षले नै विद्यालयमा डोजर चलाएपछि विद्यार्थीले सडकमै बसेर पढे (फोटोफिचर)

८ कात्तिक, धनुषा । वडा अध्यक्षले नै सडक विस्तारको नाममा विद्यालयको भवन भत्काइदिएपछि धनुषाका एक विद्यालयका विद्यार्थीले सडकमै बसेर पढेका छन । सडक विस्तारको क्रममा वडाध्यक्षले सामुदायिक विद्यालय भनव भत्काएको विरोधमा विद्यार्थीहरु सडकमै बसेर पढेका हुन । जनकपुरधाम उपमहानगरपालिका –२१, कुर्थामा रहेको राजर्षी जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहीबार विरोधस्वरुप सडकमै बसेर पढे ।


गएको वैशाख महिनाको पहिलो साता वडा नं. २१ का वडाध्यक्ष प्रमेश्वर महासेठले सडक विस्तारको क्रममा कक्षाकोठाको पर्खाल र कम्पाउन्ड वाल रातिको समयमा डोजर लगाएर भत्काएपछि विद्यार्थीले सांकेतिक अान्दोलन गरेका हुन ।

६ वटा कक्षाकोठा पर्खाल र विद्यालयको वाल भत्काएपछि विद्यालयमा अध्ययनरत्त ६ सय विद्यार्थी ६ महिनादेखि सडकको धुवाँधुलो खाएर बस्न विवश छन । विद्यालयको भवन र पर्खाल भत्काएदेखि धुलो र ध्वनी प्रदुषणले पठनपाठनमा निकै समस्या भइरहेको विद्यार्थीहरुको भनाई छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १७:०९