६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

नेपाल उद्योग परिसङ्घको टोलीद्वारा मन्त्री भण्डारी र मन्त्री मोदीसँग भेटवार्ता

१९ असार, काठमाडाैं । नेपाल उद्योग परिसङ्घको टोलीले दुई मन्त्रीसँग भेटवार्ता गरेको छ । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेट गरेको हो ।

भेटमा मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको परिसङ्घले जनाएको छ । भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्नुपर्ने बताए । उनले कर्मचारीको न्यूनतम पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए ।

मन्त्रीद्वय भण्डारी र मोदीले परिसङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकारको सहयोग रहने बताएका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १६:३२