६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरमा सवारीसाधन निषेध गरियाेः मेयर बालेन

१९ असार, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो ।

महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । “विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्”, उनले भने– “अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।”

वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन्  । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको बताए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १३:३६