नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?
१९ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा आज मोदी इनर्जी लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।
१) रावा इनर्जी डेभलपमेन्ट लिमिटेड
नेप्सेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८३.१० देखि २४९.३० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
२) मोदी इनर्जी लिमिटेड
नेप्सेमा मोदी इनर्जी लिमिटेडको २ करोड ९० लाख कित्ता सेयर सूचिकृत भएको हो ।कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९२.५७ देखि २७७.७१ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
प्रकाशित मिति : 12:55









