२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

छुट्ला है ! एक कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१९ असार, काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन रहेको छ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज सम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा असार ३१ गते  धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेट काठमाडाैंमा बिहान ११ बजे बाेलाएकाे छ । सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १०:००