६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

१८ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो। रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले सोमबार पक्राउ गरेकाे सीआईबीका एसएसपी दिनेश कुमार आचार्यले जानकारी दिनुभयो।

गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् । याेसँगै यस प्रकरणमा ८ जना पक्राउ परिसकेका छन् । अदालतको आदेशका कारण तीन जना पक्राउ परेपछि छुटेका छन् ।

पक्राउ परेका तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेका थिए । त्यस्तै गुठीमार्फत् नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको अनुसन्धानबाट खुलेको छ ।

समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमा लैजान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍ बैठकले २०६९ का विभिन्न मितिमा निर्णय गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १५:०५