१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मंगलबारदेखि दुई कम्पनीको सेयर कारोबार रोक्का हुने

१८ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भाेलि असार १९ गते मंगलबारदेखि दुई लघुवित्तको सेयर कारोबार हुने भएकाे छ । नेप्सेमा धौलागिरि र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का हुने भएकाे हाे ।

यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्दै छन् । एकिकृत कारोबार प्रयोजनार्थ नेप्सेले ती दुई लघुवित्तको सेयर कारोबार रोक्का गर्न लागेको हो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १३:१८