१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दुई लघुवित्तको सेयर कारोबार रोक्का गर्दै नेप्से

१८ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तकाे सेयर काराेबार १५ दिन राेक्का रहने भएकाे छ । मर्जर प्रक्रिया पूरा गरी सेयर मिलानका लागि सेयर कारोबार रोक्का गरिदिन नेप्सेमा आग्रह गरेसँगै यी कम्पनीकाे सेयर राेक्का हुने भएकाे हाे ।

यी दुई लघुवित्त मर्ज भएर ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था’ को नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुई कम्पनीको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेखेको हो ।

गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। भने नेपाल धितोपत्र बोर्डले असार ४ गते अन्तिम स्वीकृति दिएका थिए । यी दुई लघुवित्त १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १२:२४