२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

१८ असार, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर कम्पनीकाे आईपीओकाे बाँडफाँडकाे मिति तय भएकाे छ । कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ भाेलि असार १९ गते मंगलबार बिहान बाँडफाँड हुने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएकाे छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै मध्ये भाग्यमानी  २ जनाले थप १ कित्ता सेयर पाउनेछन्।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता,सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता सेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । त्यस पश्चात बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।

प्रकाशित मिति : 09:23