१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा एक कम्पनीकाे सेयर सूचीकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

१७ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कमपनीकाे सेयर सूचीकृत भएको छ । नेप्सेमा साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जर पश्चात कायम हुन आएको सेयर सूचीकृत भएको हाे ।

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। मर्जरपछि सिवाईसी नेपाल लघुवित्तको नाममा कुल १० लाख ८२ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले १ हजार १७१ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेकाे छ । सोहि मूल्य अनुसार भोलि सोमबारदेखि कम्पनीकाे सेयर कारोबारमा आउनेछ । यस्तै, नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको लघुवित्तको सेयर कारोबार पनि फुकुवा गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १६:०५