१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काराेबार रोक्का रहेकाे समाज लघुवित्तले घोषणा गर्याे लाभांश, बाेनस कति ?

१७ असार, काठमाडाैं ।  समाज लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

लाभांश सम्बन्धि सूचना निर्णय भएकै दिन वा भोलिपल्ट बजार खुल्नु अगाडी नै नेप्सेलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेकोमा कम्पनीले भने असार ५ गते निर्णय गरेर असार १७ गते मात्र नेप्सेलाई जानकारी गराएको छ । आईपीओ बिक्री गरेपछि पनि लामो समयदेखि धितोपत्र दोस्रो बजारमा सेयर कारोबार राेक्का रहेकाे यस कम्पनीले स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १३:१७