६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

१७ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज असार १७ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।

त्यसैगरी, युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १६६ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार ०९:२०