२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

कोशीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार, हिक्मतले पाएनन् विश्वासको मत

१५ असार, काठमाडौं । नेकपा एमाले नेतृत्वमा रहेको एक मात्र कोशी प्रदेश सरकार पनि एमालेको हातबाट फुस्किएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन् ।

मुख्यमन्त्री कार्कीले आफ्नो पक्षमा आवश्यक एक मात्र मत थप्न नसक्दा सरकार गुमाउन पुगे । बिहीबार सुरू भएको प्रदेश सभाको तेस्रो अधिवेशनमा अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने मुख्यमन्त्री कार्कीको प्रयास विफल बनेसँगै मुलुकको दोस्रो ठूलो दल एमाले संघ र सात वटै प्रदेशमा विपक्षको कित्तामा पुगेको छ ।

प्रदेश सभामा पेश भएको विश्वासको मतसम्बन्धि प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो। जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित रहिन् ।

तर कार्कीलाई सरकार जोगाउन आवश्यक पर्ने ४७ मत जुटाउन नसक्दा सरकार गुमाएका छन् । कोशी प्रदेशसभामा सत्ता नेतृत्व गरेको एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ पुगे पनि ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत चाहिन्छ । मतदनामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १४:१२