१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पत्रकार जमाल खशोग्गीको हत्याबारे साउदी युवराजले भने, ‘अपराधिलार्इ कारबाही हुन्छ’

८ कात्तिक, काठमाडाैँ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले साउदी पत्रकार जमाल खशोग्गीको हत्याको मामलामा अपराधिलार्इ सजाय दिने बताएका छन । साउदीको राजधानीमा बिजनेससम्बन्धी भएको फोरममा मोहम्मद बिन सलमानले पत्रकारको हत्या निकै दुःखदायी भएको बताएका छन । उनले टर्कीसँग कुनै मनमुटाव नराख्ने पनि बताएका छन् ।

दूतावासमा खशोग्गीको हत्याको कुरा साउदीले स्वीकारेपछि पहिलो पटक उनले यसबारे बोलेका हुन् । उनले भने, ‘यो हत्या एक जघन्य अपराध हो जसलाई उचित मान्न सकिँदैन । अन्त्यमा न्यायको नै जित हुनेछ ।’

अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गरेको थियोे ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार ११:४६