८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

समूह विजेता बन्न मलेसियालाई नेपालले दियाे १८४ रनको लक्ष्य

१५ असार, काठमाडाैं । मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको हो । नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेलेका छन् ।

नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेटका लागि दिपकुमार र सुर्यांशु कोईरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए । सुर्यांशुले २० बलमा २३ रन बनाए । दिपकुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए ।

आठौं विकेटका लागि नरेन भट्ट र अशोक धामीकाबीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । भट्टले ४३ बलमा २९ रन बनाए । नवौ विकेटका लागि कृतिककामतसँगमिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए ।

मलेसियाका लागि मोहम्मद मुकरी र एरिन एकवाल र हरिक हाईकाल र मुहम्मदअक्रमले समान २ र २ तथा मोहम्मद फतुलले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । यस खेलले समूह विजेता तथा उप विजेताको निर्धारण गर्नेछ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ०९:५९