१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता सेयर बिक्रीमा

१४ असार, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्थाले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

सेयर मूल्य भने तय गरिएको छैन। सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले  ३५ दिनभित्र के कति कित्ता र मूल्य दिने प्रस्ताव सहित ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा निवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि कुनै पनस आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १३:३८