२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

१४५ रुपैयाँमा सानिमा बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१४ असार, काठमाडौं । सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ६७ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

बिक्रीमा राखिएकाे उक्त सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकीएकाे छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएकाे सेयरमा हाल संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

साे सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले असार ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागस संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १३:०८