२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन राष्ट्र बैंकको निर्देशन

१४ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम/व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो।२०७९ साउन १८ गते जारी गरिएको निर्देशनबमोजिम ब्याजदर निर्धारण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो।

  केन्द्रीय बैंकले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी उत्पादनमा आधारित उद्योग, हस्तकला तथा सीमूलक व्यवसाय एवं उद्यम–व्यवसाय (आयातसम्बन्धी व्यवसायबाहेक) लागि उक्त ब्याजदर निर्धारण गरेको छ ।

यदि कसैले यस किसिमको कर्जा लिइसकेको वा लिने तयारी भइरहेको छ भने आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गरी ब्याजदर निर्धारण भएको छ भने सम्बन्धित संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित मिति : 12:08