२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

किन्ने हाेइन त ? १०० रुपैयाँमै समृद्धि फाइनान्सको ५ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा

१३ असार, काठमाडाैं ।  समृद्धि फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेकाे ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएकाे उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ ताेकिएकाे छ। यसकाे अर्थ लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य खुलाइ आवेदन दिनुपर्नेछ। उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्ने छन्। तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरे कम्पनीले राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयरधनी बाहेकका अन्य याेग्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने जनाएकाे छ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १६:२५